तपाईलाई क्यालिफोर्निया विश्वविद्यालय, बर्कले अन्तरगत राजनीति शास्त्र विभागमा कार्यरत प्रोफेसर, सिसिलिया मो द्वारा संचालित अनुसन्धानमा भाग लिन अनुरोध गरिएको छ। तपाईको सहभागिता पूर्णतया स्वैच्छिक छ।


यस अध्यनको उद्देश्य होंग हंग कंग मा विदेशी घरेलु कामदारको भर्ती र काम गर्ने अवस्था बुझ्नु हो। यो ससर्वेक्षणका लागि लगभग तिस मिनेट लाग्नेछ, र सोधिने प्रश्नहरू तपाईको हंग कंग मा घरायसी र सामाजिक जीवनका पक्षहरू बारेमा हुनेछन।


प्रश्नहरूको जवाफ दिदा तपाइलाई असहज वा अप्ठ्यारो महसुश हुनसक्छ, साथै इन्टरनेट मार्फत प्रसारित डेटाको पूर्ण गोपनीयताको ग्यारेन्टी हुन नसक्ने र गोपनीयतामा सम्झौता हुन सक्ने सम्भावना हुन सक्छ; तर हामी यी जोखिमहरु न्यूनीकरण गर्न सावधानी अपनाइरहेका छौं।


एस अध्ययनका निचोड तथा नतिजाहरूले हामीलाई हंग कंग मा विदेशी घरेलु कामदारहरूको भर्ती र काम गर्ने अवस्थाहरू राम्रोसँग बुझ्न मद्दत गर्न सक्छ। तर तपाईलाई कुनै प्रत्यक्ष फाइदा छैन।


सर्वेक्षणको अन्त्यमा तपाईको सहभागिताको लागि तपाईले 50 HKD ParkNShop coupon कुपन प्राप्त गर्नुहुनेछ।